• मंसिर ११ २०८१, मंगलवार

वामदेव गौतम र विष्णु पौडेलबीच चारघण्टा बैठक

जेष्ठ ३१ २०७८, सोमबार

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच राजधानीमा चार घण्टा लामो छलफल भएको छ। उपाध्यक्ष गौतमलाई भेट्न पौडेल सोमबार बिहान गौतम निवास भैंसेपाटी पुगेका थिए। दुई नेताबीच बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म कुराकानी छलफल भएको जानकारीमा आएको छ।

उपाध्यक्ष गौतमको सचिवालयले दुईनेताबीचको भटघाटलाई सामान्य कुराकानी बताएको छ। ‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वाभाविकै हो।’ उपाध्यक्ष गौतमका प्रेस संयोजक सुवेदीले भने।

सर्वोच्च अदालतले नेकपा एमाले महाधिवेशन आयोजक समितिका नाममा भएको कारवाहीका निर्णयहरुलाई मान्यता नदिने आदेस दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचानामा पार्टीको बैठक बोलाउने नबोलाउने या के गर्ने भन्नेमा केपी ओली पक्ष अनोलमा परेको छ।

यो बिषयमा ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहेको समेत देखिन्छ।