काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का पुर्व अध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएकोले नेता खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
उनको सचिवालयले भनेको, ‘पुर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज बिहान नाभिर्क इन्टरनेशनल हस्पिटल भर्ना हुनु भएको छ।’
हाल खनालको स्वास्थ्य अवस्था सामान्य रहेको तर आरामका लागी थप केहीदिन अस्पतालमै रहनुपर्ने उपचारमा संलग्न चिकित्सकहरुको हवाला दिंदै उनको सचिवालयले जानकारी दिएको छ।