• मंसिर ११ २०८१, मंगलवार

गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तूत हुने

जेष्ठ ३१ २०७८, सोमबार

पोखरा। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेशको नयाँ सरकारले सोमबार आज नीति तथा कार्यक्रम प्रस्तूत गर्ने तयारी गरेको छ। असार १ गतेभित्र बजेट ल्याई सक्नुपर्ने संवैधानिक प्रावधान भएपनि ढिलो गरि नयाँ सरकार गठ्याना भएकोले हतारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो।

आइतबार नीति तथा कार्याक्रम कसरी ल्याउने भन्नेबारे मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग छलफल गरेका थिए। निवर्तमान मुख्यमन्त्री सँगको सल्लाह अनुसार नै आज गण्डकी सरकारले नीति तथा कार्यक्रम प्रस्तूत गर्न लागेको हो। यसअघि गुरुङ नेतृत्वको सरकराले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो । मुख्यमन्त्री पोखरेलले आइतबार समय छोटो भएकाले नीति कार्यक्रम र बजेटलाई फास्ट ट्रयाकबाट कसरी अगाडि बढाउन सकिन्छ भनी गुरुङसँग सल्लाह गरेका थिए ।

सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारले आवश्यक तयारी थालेको बताए । उनले आज नीति तथा कार्यक्रम पास गरेर, असार १ गते बजेट ल्याउने गरी सरकार अघि बढेको बताए ।सरकारले सहभागी सबै दलहरूको घोषणापत्रलाई समेटेर विगतको सरकारले गरेका कामलाई निरन्तरता दिने गरी बजेट निर्माणको कार्य अगाडी बढेको छ । यस अघि बजेट र नीति तथा कार्यक्रमका वारेमा गुरुङ सरकारले आवस्यक तयार गरिसकेकाले त्यसमा केही हेरफेर गरेर प्रस्तुत गर्न लागिएको हो ।

नयाँ मुख्यमन्त्रीले पदबहालीका क्रममा घोषणा गरेका पाठेघरको क्यान्सरको निशुल्क उपचार, विपद व्यवस्थापन कार्ययोजना बनाउने, पूर्व मुख्यमन्त्रीलाई आवश्यक सुरक्षा लगायतका कार्यलाई प्राथमिकतामा राखेर बजेट ल्याइने छ ।