अदुवा
अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ ।
प्याज
तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ । प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । गर्मीमा प्याज कमै खाएको राम्रो ।
लसुन
प्याज जस्तै लसुनले पनि शरीरको हर्मोनलाई असन्तुलन गराउँछ । लसुनले खानाको स्वाद बढाउँछ तर गर्मीमा यसको सेवन जति कम गर्यो, त्यति राम्रो ।
सागपात
सागपातमा भरपूर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौं रोग भगाउँछ । सागपातमा प्रोटीन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ ।
चिया/कफी
चिया र कफी पिउने सोख भएका मानिसलाई गर्मीमा चाहिँ हानी पुग्छ । चिया/कफीले शरीरमा गर्मी उत्पन्न गर्छ र हर्मोन परिवर्तन हुन थाल्छ अनि शरीरको तापक्रम बढ्छ । गर्मीमा कोल्ड कफी र आइस्ड टी पिएको राम्रो हुन्छ ।
तैलीय खाना
गर्मीमा तेलमा तारेको खानेकुरा नखाएको राम्रो हुन्छ । समोसा, पकौडा, चिप्स खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । हलुका बिस्कुट खाने गर्नुस् ।