• मंसिर ११ २०८१, मंगलवार

मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ ढुङ्गाको संरक्षण गर्ने

जेष्ठ ३० २०७८, आईतवार

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ ढुङ्गाको संरक्षण गर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै किरात समुदायको साँस्कृतिक महत्व बोकेको ‘खुवालुङ’को संरक्षण गर्ने बताएका हुन् ।

उनले ‘खुवालुङ’ ढुङ्गा मात्र नभई किरात समुदायको संस्कृतिसँग, मुन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा भएकोले कसरी फुट्छ ? भन्दै प्रश्नसमेत गरे ।

मुख्यमन्त्री राईले ‘खुवालुङको’ संरक्षण गर्नुको विकल्प नभएको बताए ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा अरुण, तमोर र दूधकोशीको संगम स्थलमा रहेको ‘खुवालुङ’ ढुंगालाई संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएपछि किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको ‘खुवालुङ’ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् ।