• मंसिर ११ २०८१, मंगलवार

स्याङजामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग बिहानै देखि अबरुद्ध

जेष्ठ ३० २०७८, आईतवार

काठमाडौँ। स्याङजाको फेदीखोलामा पहिरो जाँदा सिद्धार्थ राजमार्गक अबरुद्ध भएको छ।

 

फेदीखोला गाउँपालिका वडा नम्बर २ मा पर्ने भालुपहाडमा बिहान ६:३० बजे पहिरो खसेपछि बिहानै देखि राजमार्ग अबरुद्ध भएको हो।

 

स्याङजाका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ।

 

सडक विभाग लगायतलाई खबर गरेपछि पहिरो पन्छाएर सडक खुलाउने काम भने भइरहेको बताइएको छ।