• मंसिर ११ २०८१, मंगलवार

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको पुन: दाबी

जेष्ठ २९ २०७८, शनिबार

पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबि गरेका छन्। जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन सहित गुरुङले फेरी मुख्यमन्त्रीमा दाबि गरेका हुन्। राष्ट्रिय जनामोर्चाक्को पार्टी कारवाहीमा परेका सांसद कृष्ण थापालाई संसदीय दलको नेता मानेर उनको पत्रको आधारमा गुरुङले जनमोर्चाका तीन सांसद आफ्नो पक्षामा रहेको दाबि गरेको बताइएको छ।

।यसअघि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट बर्खास्त गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा पुगेका थिए ।
प्रदेशसभामा सबैभन्दा धेरै सदस्य रहेको संसदीय दलका नेताका हैसियतमा गुरुङ गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बिहीबार प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
त्यसपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दावी पेश गरेका थिए । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दावी पेस गरेका थिए ।​गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन् । मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा तिनै २७ सांसदले मात्र पक्षमा मतदान गरे । अर्कोतिर विपक्षमा ३० मत खसेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गर्दै बिहीबार तटस्थ रहे । उनलाई पार्टीको ह्वीप उल्लंघन गरेकोमा कारवाही भइसकेको छ ।