• मंसिर ११ २०८१, मंगलवार

जरिवाना स्वरुप ३ हजार तिरेर छुटे गणेश लामा

जेष्ठ २८ २०७८, शुक्रबार

पोखरा। पोखरामा गण्डकी प्रदेशको सरकार ढाल्ने र नयाँ बनाउने चक्कर चलिरहेको बेला सांसद (राजिव गुरुङ) दिपक मनाङ्गेलाई भेट्न आउदा प्रहरीको गिरफ्तारीमा परेका नेपाली काँग्रेसका नेता गणेश लामा शुक्रबार जरिवाना तिरेर छुटेका छन्।

पोखराको लेकसाइडबाट बिहीबार पक्राउ परेका लामा सहित ३ जनालाई ३ /३ हजार जरिवाना लिएर छाडिएको छ। उनीहरुलाई जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ।

प्रदेश सभामा विपक्षी गठबन्धनमा देखिएका मनाङ्गेलाई  भेट्न आएका लामा कास्कीमा निषेधाज्ञा उलंघनको आरोपमा पक्राउ परेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाडन अनुमति दिएको हो।

सरकारले बिना कारण आफ्नो पार्टीका नेतालाई पक्राउ गरिको र सुनियोजित रुपमा फसाउन खोजिएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको छ।