जनकपुरधाम। मुखियपट्टी मुसहरनिया गाउँपालिका धनुषाको बहेडाडावेला र तुल्सियाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच बालबालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ती पाँचजना बालबालिकाको डुबेर ज्यान गएको हो।
रानाभाटका अनुसार पोखरीबाट पाँच जनाबालबालिकाको शव निकालिएको छ। उनका अनुसार दुईजना बालबालिका अझै बेपत्ता छन्। ‘बेपत्ता भएका बालबालिका पोखरीबाट निस्किएर गाउँतिर गइहाले या पोखरीमै डुबेका छन् यकिन हुन सकेको छैन।’ रानाभाटले भने।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक कुमार मिश्रको नेतृत्वमा प्रहरी स्थलमा प्रहरी परिचालन भएको छ।