• मंसिर १४ २०८१, शुक्रबार

बालुवाटारबाट नागरिक अगुवा पक्राउ

जेष्ठ २८ २०७८, शुक्रबार

काठमाडौँ। चिकित्सा शिक्षा आयोगमाथि राजनैतिक हस्तक्षेप बन्द गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरुलाई प्रहरीले धरपकड गरेको छ। सरकारले सरकारी अस्पतालहरुको गुणस्तर सुधार्नुको सट्टा निजि मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा ‘वृहद नागरिक आन्दोलन’ले शुक्रबार बालुवाटारमा प्रदर्श गरेको विरोध प्रदर्शनबाट नागरिक अगुवाहरुलाई प्रहरीले धरपकड गरेको हो।

नागरिक अगुवाहरुले  कानुन मिचेर झापाको बी एण्ड सी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकर्ताहरुले स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन, स्वास्थ्यको व्यापार बन्द गर, स्वास्थ्य शिक्षाको व्यापार बन्द गर, संविधानमा प्रतिगमन,स्वास्थ्यमा प्रतिगमन, जनस्वास्थ्यमा प्रतिगमन हामिलाइअ स्वीकार्य छैन आदी लेखिएका प्ले- कार्डहरु देखाएर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरु खगेन्द्र संग्रौला,  नारायण वाग्ले, संजिव उप्रेती सहित ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवमा पुर्याएको छ भने कसैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरी।