काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो विषय कहिले नबनेको र पार्टी निति , नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि उनले सामाजिक संजालमा लेख्दै पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको बताएका छन् ।
नेता महेश बस्नेतले अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको बताएक छन् । पटक पटकको मन्त्री मण्डलको पुनर्गठनमा आफ्नो नाम ब्यापक चर्चा हुने गरेको र आफ्नो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लागेको बताएका छन् ।
नेता महेश बस्नेतले लेखेका छन्, “मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन। पार्टी निति , नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो !मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन् । मेरो विरोधी साथीहरुलाइ झन धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि!
कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा नपरौ म जहाँ छु त्यहीँ छु र म जे छु त्यहीँ छु। अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ्।”