काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्ण गर्न लागेका छन्। (आज) बिहिबार सात मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्ती गरेर ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्।
यसअघि ओलीले सातवटा मन्त्रालय आफैसँग राखेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। आज मन्त्रिपरिषदले पूर्णता पाउने एमाले नेता बिष्णु रिजालले बताए।
विस्तार भएर पूर्णता पाउने मन्त्रिपरिषदमा कास्कीका खगराज अधिकारीले गृह मन्त्रालयको जिम्म्मेवारी पाउने भएका छन्। त्यस्तै गरेर कैलालीका नारदमुनी राना वन तथा वातावरण मन्त्री, मोहन बानियाँ बिना विभागीय मन्त्री, राजकिशोर यादब उद्योगमन्त्री, नैनकला थापा संचार तथा सूचना प्रविधि मन्त्रि, गणेश पहाडी सामान्य प्रशासनमन्त्री, ज्वाला कुमारी साह कृषिमन्त्री र आशा बि.क.वन राज्यमन्त्रीको जिम्मेवारीमा सपथ लिन लागेको बताइएको छ।