• फाल्गुन २६ २०८२, मंगलवार

बादलकी श्रीमती नैनकला संचारमन्त्री बन्दै

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौँ। सर्वोच्च अदालतको आदेशबाट आफू मन्त्रिपरिषदबाट बाहिरिएपनि पुर्व गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले (आज) बिहिबार विस्तार गरिने मन्त्रिपरिषदमा आफ्नी श्रीमतीको ‘इन्ट्री’ गराउने भएका छन्।

विभिन्न स्रोतहरुका अनुसार आज विस्तार हुने मन्त्रिपरिषदमा बादल पत्नी नैनकला थापाले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउन लागेको बताएका छन्।

त्यस्तै विस्तार हुने मन्त्रिपरिषदमा एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन्। पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ। त्यस्तै प्रचण्डले प्रदेश सभा सदस्यबाट हटाएकी ज्वाला कुमारी साहपनि मन्त्रिपरिषदमा आउन लागेको चर्चा छ। साहले कृषि मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।