जनकपुर । प्रदेश २ सरकारले नेपाली कांग्रेससंग सत्ता सहकार्य गर्दै कांग्रेसका ३ मन्त्रीलाई सरकारमा ल्याउने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेसका तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।
रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला बालबालिका तथा खेलकुद मन्त्रालय दिने सहमति भएको छ ।
राज्य मन्त्रीको टुङ्गो लागेको छैन । तर, साँढे ७ बजे नै नवनियुक्त मन्त्रीहरुले शपथग्रहणको कार्यक्रम राखिएको आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।