काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको चौधौं महाअधिवेशन तोकिएको समयमै सम्पन्न गर्नमा आफू प्रतिवद्ध रहेको बताएका छन्। ‘बुधबार दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरुलाई’ सम्बोधन गरेर एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले आफू समयमै महाधिवेशन गर्नमा प्रतिवद्ध रहेको बताएका हुन्।
आफ्नो प्रेस वक्तव्यमा सभापतिले देउवाले भनेका छन्, ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु।’ पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको भन्दै महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको पनि सभापति देउवाले उल्लेख गरेका छन् ।
पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक/पटक आउने गरेका अभिव्यक्तिलाई देउवाले ‘किमार्थ उचित’ नभएको बताएका छन्।
हेरौं देउवाले जारी गरेको प्रेस वक्तव्य ⇓

