काठमाडौँ। राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमका विरुद्ध सयुक्त आन्दोलन उठाउनु पर्ने कुरामा जोड दिएका छन ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र सयुक्त आन्दोलनको आवश्यकताविषयक भर्चुअल अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले उक्त कुरामा जोड दिएका हुन् ।
‘नेपाली जनताले लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेका छ्न । उनी सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडि पर्दैन्न भन्ने कुरा अब प्रस्ट भैसकेको छ ।
त्यसैले जनतालाइ संगठित गर्दै सयुक्त आन्दोलनबाट उनलाइ ह्टाउनु पर्छ र उपलब्धिहरुको रक्षा गर्नु पर्छ’ अध्यक्ष केसीले भने। उनले इतिहासको सम्झना गर्दै नेपालमा राणा, राजा ,पन्च सबै सयुक्त आन्दोलन र जनताको तागतले हटेको हो । त्यसैले ओलीको अधिनायकवाद पनि हट्छ भन्ने धारणा व्यक्त गरे ।

सरकारमा अहिले साम्प्रदायीहरुको प्रवेश भएको बताउदै अध्यक्ष केसीले जसको नेपाली नागरिकता नै छैन उही अब सरकार संचालक बन्दैछ्न भनेर उल्लेख गरे । गैह्र नेपाली नागरिक नै सरकार संचालक भएको बेला राष्ट्रिय कमजोर भएको उल्लेख गर्दै उनले भने, ‘यसैले पनि बुझाउछ देशको अबस्था कस्तो छ भन्ने कुरा ।’ उनले अगाडी भने, ‘रोगले जनता अक्सिजन पाइराखेका छैनन, नागरिक सडकमा आउने अबस्था छैन तर ओली यही मौका पकडेर राष्ट्रघात गरिरहेका छ्न।’
नेपालको विशिष्ट अबस्थालाई हेरेर बारम्बार नागरिकताको प्रावधान खुकुलो बनाउन हुदैन भनेर आफूहरुले भन्दा त्यो कुरामा अरु कसैले ध्यान नदिंदा अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइन सहित कोही कोही अगाडी बढदै गएको आरोप उनले लगाए। देशलाई सिक्किमिकरण र फिजीकरण हुनबाट जोगाउन संयुक्त आन्दोलन गर्नैपर्ने समय आएको छ त्यसकारण ‘यो कुरा सबैले बुझ्नु पर्छ र सयुक्त आन्दोलन अगाडी बढाउनु पर्छ’ उनले भने।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रवक्ता भरत भण्डारी, नेकपा (एमाले)का जिल्ला अध्यक्ष टिकाराम खडका, नेकपा (माओवादी केन्द्र)का जिल्ला सचीव तुलसिराम पुन, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष होम प्रसाद शर्मा, अखिल नेपाल कानुन व्यावसायि संघका उपाध्यक्ष नुमानन्द आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।