• मंसिर १४ २०८१, शुक्रबार

एमालेको स्थायी कमिटी बैठक बोलाउन वामदेवको आग्रह

जेष्ठ २५ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले छिटो भन्दा छिटो स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न देखिएका विषयहरुमा छलफल गर्न आग्रह गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै गौतमले २०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न देखिएका विषयहरुमा छलफल गर्न प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उक्त आग्रह गरेका हुन् ।

नेता गौतमले ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु पर्नेमा जोड दिए ।

अहिले देखा परेका समस्या पार्टी बैठक पछि मात्र समाधान गर्न सकिने र यो समाधान पछि संसार भरका कम्यूनिष्टलाई नयाँ सन्देश पनि दिन सकिने उपाध्यक्ष गौतमको भनाई छ ।