• मंसिर ११ २०८१, मंगलवार

चीनले गर्यो एमालेलाई स्वास्थ्य सामग्री प्रदान

जेष्ठ २५ २०७८, मंगलवार

काठमाडौँ। चिनिया कम्युनिष्ट पार्टीले नेकपा (एमाले)लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङलाई हस्तान्तरण गरेका छन्।

चीनले हाइड्रोजन अक्सिजन जेनेरेटर विथ (नेबुलाइजर) कन्सन्ट्रेटर ३० थान, र एन-९५ मास्क १ लाख थान स्वास्थ्य सामग्री रहेका छन्। चीनले पार्टीलाई सहयोग गरेको सो सामग्री कोभिड-१९ का विरुद्ध लडाइमा थोरै भएपनि मद्दत पुग्ने विस्वास पार्टीले लिएको प्रवक्ता प्रदिप ज्ञवालीले विज्ञप्ति मार्फत बताएका छन्।