काठमाडौं । निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले निषेधाज्ञाको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।
सरकारले केही दिन अघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने अधिकार दिएको छ । सोही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले बताए ।
सोमबार दिउँसो कोटेश्वरस्थित भाटभटेनीमा निषेधाज्ञाको उल्लंघन गर्दै सामान बिक्री गरेको पाइएको थियो ।