काठमाडौं । सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनु अगाडि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको बताएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको जनाउदै सो पहल गरेको बताए ।
कोरोनाविरुद्ध युद्ध लड्न आफ्नो मुख्य कार्यभार रहेको जनाउदै उनले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं ।’