• मंसिर १२ २०८१, बुधबार

दिउसो पसल खोलेको आरोपमा भाट भटेनीका म्यानेजर पक्राउ

जेष्ठ २४ २०७८, सोमबार

काठमाडौँ। निषेधाज्ञा लागेको समयमा दिउसो पसल खोलेको आरोपमा भाट भटेनी डिपार्टमेन्टल स्टोरका म्यानजर सागर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। स्टोरका कोटेश्वर शाखाका म्यानेजर गुरुङ लाई प्रहरीले पक्राउ गरेको हो।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भएपनि दिउसो पसल खुला राखेकोले गुरुङ पक्राउ परेको काठमाडौँका प्रमूख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

उनले दिउसो पसल खुला राखेको सूचना पाएपछि काठमाडौँका सहायक प्रमूख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरको भाटभटेनी डिपार्टमेन्टल स्टोर पुगेको थियो।