काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच राजधानी काठमाडौँमा भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राती सार्वजनिक गरेको वक्तव्यका साथै विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधी सभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा दिएको रिट निवेदनका बिषयमा छलफल भएको बुझिएको छ।
एमाले अध्यक्ष ओलीले माधव नेपाललाई इंगित गर्दै आइतबार राति एमाले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सहित नेपाली काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्तालिन आव्हान गरेपछि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। नेता नेपाल समूहको आजै स्थाई समिति बैठक समेत बस्दैछ।