• चैत्र २६ २०८१, बुधबार

रौतहटमा प्रहरी र स्थानीयबीच झडप डिएसपी घाइते

जेष्ठ २४ २०७८, सोमबार

रौतहट। रौतहटको गरुडामा प्रहरी र स्थानियबीच झडप भएको छ। गरुडामा निषेधाज्ञा पालना गराउन खटिएको प्रहरी र स्थानियबीच भएको झडपमा डिएसपी द्वारिका घिमिरे सहित ६ जना प्रहरी घाइते भएका छन्। गरुडा नगरपालिका वडा नम्बर ९ को गेडहीगुठि टोलमा निषेधाज्ञाको बेला ठुलो ठुलो आवाजमा साउण्डसिस्टम बजाउदै जन्ती जान लागेको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको बताइएको छ।

डिएसपी नेतृत्वको प्रहरी समूहले सम्झाई बुझाई गर्न खोज्दा स्थानीयले घेरा हालेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालया रौतहटका एसपी सिद्धिबिक्रम शाहको भनाई रहेको छ।

प्रहरीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ।