काठमाडौँ। नेपाल आयल निगमले अन्तरराष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटाएको छ। निगमका प्रवक्ता विनित मणि उपाध्ययले आइतवार राति एक प्रेस विज्ञप्ति जारी गर्दै गएराती १२ बेजेदेखी लागु हुने गरी हवाई इन्धनको साबिकको बिक्रि मूल्य प्रतिकिलोलिटर ८९३ अमेरिकी डलरबाट घटाई नयाँ बिक्रि मूल्य ७१५ अमेरिकी डलर प्रति किलोलिटर कायम गरेको जानकारी गराएका हुन्।
निगम संचालक समितिको आइतबार बसेको बैठकले कोरोनाको कारण सिर्जना भएको बर्तमान अवस्था रहुन्जेल अन्तरराष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेकोमा प्रतिकिलोलिटर १७८ अमेरिकी डलर घटाएर सो मूल्य कायम गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।