• फाल्गुन २६ २०८२, मंगलवार

पार्टी एकताका लागि २०७५ जेठ २ मा फर्किने ओलीको प्रतिबद्धता

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका छन्।

आइतबार साँझ एक एकताको आह्वान गर्दै ओलीले पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका हुन्।

ओलीले सबै कमिटीलाई पूर्ववत अवस्थामा फर्काएर एकताको पक्षमा उभिएका नेतालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटीका संरचना गतिशील बनाइने बताएका छन्।

ओलीले यसका लागि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त भने अगाडि सारेका छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले यसबीचमा भएका गल्ती र कमीकमजोरीलाई लिएर कुनै कारवाही नगरिने र पूर्वाग्रह नराख्नेसमेत प्रतिवद्धता जनाएका छन् ।

उनले एमालेलाई वैचारिक संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउनका निम्ति रचनात्मक योगदान गर्न सबैलाई अनुरोधसमेत गरेका छन्।