• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चा दाङले सबै पालिकामा ज्ञापन पत्र बुझाउने

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले राप्तीनदीबाट नदीजन्य प्राकृतिक स्रोत अनियन्त्रित रुपमा उत्खनन् कार्य नरोकिएकोले सो कार्य रोक्न माग गरेर दाङका सबै पालिकामा ज्ञापन पत्र बुझाउने भएको छ। प्रहरी प्रशासनलाई बारम्बार भन्दापनि सो कार्य नरोकिएकोले जनमोर्चाले जिल्लाका सबै पालिकाहरुमा ज्ञापन पत्र बुझाउने भएको हो।

मोर्चाको हालै बसेको जिल्ला समितिको भर्चुवल बैठकबाट ज्ञापन पत्र बुझाउने सहित ओली सरकारका राष्ट्रघाती कदमको विरोध गर्ने, सो विरोध कार्यक्रम बारे संयुक्त आन्दोलन गर्ने बिषयमा व्यापक छलफल चलाउने साथै दाङ जिल्ला कोरोना संक्रमणमा धेरै अगाडी गइसकेको हुनाले आफ्नो पार्टीको तर्फबाट यसको रोकथाममा हुनसक्ने जति नागरिकहरुलाई सहयोग गर्ने लगायत निर्णय भएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए।

जिल्ला समितिको भर्चुवल बैठकमा मोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्व केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गरेका थिए।