• मंसिर ११ २०८१, मंगलवार

गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद सर्वोच्चले गर्यो थमौती

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौँ। सर्वोच्चद्वारा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद थमौती भएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएर उनको पद थमौती गरिदिएको हो।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदबाट गरिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारे गरेको हो।

यसअघि थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले सांसद पदबाट कारवाही गरेको थियो।