• मंसिर ११ २०८१, मंगलवार

काँग्रेसबाट सभागी दुई मन्त्रीले कर्णालीमा लिए सपथ

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौँ। कर्णाली प्रदेशमा दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। नेपाली काँग्रेस पार्टीको तर्फबाट सरकारमा सहभागि भएका मन्त्रीहरु दिनबन्धु श्रेष्ठ र यज्ञ बहादुर बि सीले सपथ लिएका हुन्।

प्रदेश प्रमूख गोबिन्द प्रसाद कलौनीले मन्त्रीद्वयलाई सपथ दिलाएका हुन्। यो संगै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बिसीलाई सामाजिक विकास र श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यो सँगै नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ।