• मंसिर १४ २०८१, शुक्रबार

मन्त्री महतो २४ घण्टा नबित्दै ‘यु टर्न’

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको २४ घण्टा नबित्दै आफ्नो अभिव्यक्ति सच्याएका छन् । एक विज्ञप्तिमा मार्फत् उनले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । उनको यो अभिव्यक्तिलाई देश टुक्र्याउने अभिव्यक्तिका रुपमा लिई व्यापक विरोध भएको थियो । मन्त्री महतोको भनाइलाई लिएर सामासजक सञ्जाल र मिडियाहरुमा चौतर्फी आलोचना भएको थियो ।

गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । महतोले संविधानमा आफूहरूका असन्तुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन् ।

‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् ।