• चैत्र २७ २०८१, बिहीबार

कक्षा ११ का विद्यार्थीको परीक्षाको मूल्यांकन विद्यालयले नै गर्ने

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौं । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्यांकन अब सम्बन्धित विद्यालयले नै गर्ने भएका छन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन ।

बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन समेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो ।


Advertisement

केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ । कोरोना महामारीको संक्रमणका कारण समयमै परीक्षा लिन नसकिएपछि आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकासित गर्ने नीति लिइएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।