• फाल्गुन २६ २०८२, मंगलवार

राष्ट्रपतिद्वारा वातावरण दिवसका अवसरमा वृक्षारोपण

जेष्ठ २२ २०७८, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा  बृक्षारोपण गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेकी छिन् ।

वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा समी, पारिजात, हर्रो, हलुवावेद, टिमुर लगायत ७५ प्रजातिका बिरुवा रोपिएको जनाइएको छ ।