• मंसिर १२ २०८१, बुधबार

एकैदिन ८ हजार ६६३ जना संक्रमण मुक्त,१०१ संक्रमितको मृत्यु

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार १८२ जनाको पीसीआर परीक्षणमा ४ हजार ६२४ र ६ हजार ६३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २९ जना गरी कुल ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।