काठमाडौं । एमालेले माधवकुमार नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भनेका छन् ।
अध्यक्ष केपी ओलीले हालैको स्थायी कमिटी बैठकबाट झलनाथ खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निकालेका थिए । आज नेपालले बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक राख्न लागेका छन् । उक्त बैठक हुनु तीन घण्टाअघि एमालेले विज्ञप्ति निकालेर उक्त बैठकमा सहभागी नहुन नेताहरूलाई भनेको छ ।
अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको तामाङको भनाइ छ ।