• मंसिर ११ २०८१, मंगलवार

१० दिन थपिएर निषेधाज्ञा जेठ ३१ सम्म पुग्यो तर अलि खुकुलो

जेष्ठ १९ २०७८, बुधबार

काठमाडौँ। देशको राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीको बुधबार संयुक्त बैठक बसेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्। अबदेखि जेठ ३१  गतेसम्म उपत्यकामा निषेधाज्ञा लागु हुने उपत्यकामा एक प्रमूख जिल्ला अधिकारीले जानकारी दिए।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै गत बैशाख १६ गतेदेखि यो वर्षको निषेधाज्ञा जारी गरिको थियो। गत जेठ १४ गतेबाट निषेधाज्ञाको आदेशलाई कडा पारिएको थियो। अहिले बढाइएको निशेधाज्ञामा खाद्यान्न,किराना पसल तथा दिपार्टमेन्टल स्टोरहरु खोल्न दिने निर्णय गरिएको छ।

अब जेठ ३२ गतेसम्म बढाइएको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न,किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न दिने निर्णय गरिएको छ। त्यसका साथै सार्वजनिक निर्माणका कामहरुलाई निरन्तरता दिने पाइनेछ। त्यस्तै निर्माण सामग्रीका गाडीहरु रातको समयमा मात्र चल्न दिने निर्णय भएको छ।

प्रमूख जिल्ला अधिकारीहरुको बैठकमा काठमाडौँका प्रमूख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, ललितपुरका ढुण्डिप्रसाद निरौला र भक्तपुर का प्रेम प्रसाद भट्टराई सहभागी थिए।