विराटनगर । प्रदेश १ मा मंगलबार थप ६६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७४२ पुगेको छ ।
प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका हुन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै थप ७८१ जनाकोरोना संक्रमुणमुक्त भएका छन् । ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।