• फाल्गुन २६ २०८२, मंगलवार

उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

जेष्ठ १८ २०७८, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र पार्टी विभाजनको तयारी चलिरहेको अवस्थामा एक पक्षले अर्को पक्षलाई पार्टीबाट निष्कासन गर्न थालिएको छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसले जसपामा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ ।