काठमाडौँ। चीनले अनुदानमा दिएकोमध्ये ८ लाखडोज कोरोना खोप काठमाडौँ आइपुगेको छ। मंगलबार नेपालको आफ्नै नेपाल एयरलाइन्सको जहाजले सो ८ लाख डोज खोप काठमाडौँको त्रिभुवन विमानस्थलमा ल्याएको छ।
गतहप्ता राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिनले १० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेका थिए।
चीनले अनुदानमा दिने भनेको बाँकी २ लाख खोप तिब्बत सरकारले दिनेछ। यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ।
पहिले नै चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपालमा ल्याई प्रयोग भइसकको छ।