• मंसिर १४ २०८१, शुक्रबार

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

जेष्ठ १८ २०७८, मंगलवार

काठमाडौँ। जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेता निस्काशनमा परेका छन्। जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले ती नेताहरुलाई पार्टीबाट निस्काशन गरेको हो।

बहुमत केन्द्रिय कार्यकारिणी सम्दस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्य समेत नहने गरि निष्काशन गरेको हो।

‘उनीहरुलाई पार्टी सदस्याबाटै हटाएको जानकारी निर्वाचन आयोगलाई दिएका छौं’ भनेर नेता ईस्तियाक राईले जानकारी दिए।