• मंसिर ११ २०८१, मंगलवार

संबैधानिक इजलास पुर्नगठनको सुझाव दिन सर्वोच्च बारले प्रधानन्यायधीस भेट्दै

जेष्ठ १८ २०७८, मंगलवार

काठमाडौँ।  नेपाल बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीस चोलेन्द्र समशेर जबरासँग भटघाट गर्दैछन। जारी संबैधानिक इजलास पर्नगठनको सुझाव दिन सर्चोच्चा बाराका प्रतिनिधिहरुले प्रधान न्यायाधीस जबरालाई भेट्न लागेका हुन्।बिहान ११ बजे प्रधान न्यायाधीस जबरासँग भेट्ने समय तय भएको सर्चोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यली जानकारी दिए।

संसद विघटनविरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । तर न्यायाधीशहरुको वरिष्ठताको क्रम मिचेर इजलास गठन गरिएपछि त्यसको पुनर्गठनको माग उठेको छ । इजलासमा एमाले र माओवादीको एकता रद्द गर्न आदेश दिएका बमकुमार श्रेष्ठ र सो आदेश पुनरावलोकन नहुने फैसला गरेका तेजबहादुर केसीलाई पनि राखिएपछि कानुन व्यवसायीहरुले विरोध गरेका छन् ।

रिटमा बहस गर्ने क्रममा कानुन व्यवसायीहरुले श्रेष्ठ र केसीलाई इजलासबाट हटाउन माग गरे पनि प्रधानन्यायाधीश जबराले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।