• मंसिर ७ २०८१, शुक्रबार

‘पढाईको चिन्ताले पागल हुँलाजस्तो भइयो’

जेष्ठ १८ २०७८, मंगलवार

विरेन्द्रनगर । सिटिइभिटी मार्फत् प्राविधिक शिक्षा पढ्नु पर्छ भन्ने एउटा ठूलो सपना बनाएर पढ्न सुरु गरेका लाखौं विद्यार्थीहरुको सपना सपनामै सीमित छन् । तेश्रो वार्षिक परिक्षा त्यसै त ढिलो भयो, त्यसमाथि ५ महिना हुँदा पनि अहिलेसम्म नतिजा आएको छैन ।

यता सेमेष्टर प्रणालीमा हेर्ने हो भने झन् एक सेमेष्टरको समय नै गुमिसकेको छ । एकातिर विद्यार्थीको समयको बर्बाद भएको छ भने अर्कोतिर पैसाको पनि बर्बाद भएको छ । अहिले त झन कोरोना कारणले पढाई पनि भएको छैन तर विद्यार्थीले फी भने तिर्न परिहाल्छ ।

अनलाईन कक्षाको नाममा पनि अलिअलि पढाई भएको जस्तो हुन्छ र यहि नाममा फी तिर्न विद्यार्थी बाध्यछन् । यसको जिम्मेवारी कसले लिने सरकारले की सिटिइभिटीले ? यसैकारणले विद्यार्थीको भविष्य नै डामाडोल भएको छ ।

विद्यार्थीहरु एकातिर बन्दाबन्दी र अर्कोतिर स्नातक तह पढ्ने सपना र समय बढी लाग्ने भएकोमा पनि दुःख व्यक्त गर्दैछन् । तर कसले सुन्दिने विद्यार्थीको दुःख र गुनासो ? छन त देशमा सरकार छ, शिक्षा मन्त्रालय छ र विभिन्न पार्टीका विद्यार्थी संगठन पनि छन् । तर भएर पनि के गर्नु ?

यी कुनैपनि संस्थाले विद्यार्थीको हितमा काम गरेको देखिएन । ती संगठनहरुको काम त पार्टीको लागि काम पर्दाका बेला ढुङ्गामुढा गर्ने पो रहेछ । नत्र आज विद्यार्थीलाई समस्या परेको बेला ती संगठनका नेताहरु किन कोही बोल्दैन त ? किन हाम्रो समस्यामा उनीहरुको कुनैपनि पहल हुँदैन त ?

यसै सन्दर्भमा तीन वर्षीय पशु विज्ञान तेश्रो वर्ष अध्यनरत विद्यार्थी निराजन गिरी भन्छन् ‘शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने सवालमा राज्यको कुनै नीति नुहँदा गर्दा हाम्रो समय पनि खेर गयो सपना पनि हरायो ।’

शिक्षा क्षेत्रको अस्तव्यस्तताका विषयमा कुरा गर्दा धेरै विद्यार्थीहरुको यस्तै गुनासाहरु रहेका छन् । यसै विषयमा अर्का विद्यार्थी तथा तीन वर्षीय इलेक्ट्रिकल इन्जिनियर पढ्दै गरेका विद्यार्थी कपिल गिरीको पनि यस्तै भनाइ रहेको छ, उनी भन्छन्,‘हाम्रो सेमेस्टर अनुसार पढाइ हुन्थ्यो । एउटा सेमेष्टर त हरायो अहिले सम्म न गाडी परिक्षा लिएको नतिजा आउँछ न बाँकी परीक्षाको फार्म खुल्छ यसले हामी जस्ता विद्यार्थीहरुलाई पागल जस्तो बनाएको छ ।’

आर्किटेक्चर इन्जिनियरिङ्ग गर्दै गरेका उमेश भारती भन्छन्, ‘परिक्षा चाँडो नहुँदा पढेको पनि बिर्सियो र आफ्नो सपना पनि बिर्सनु पर्ने भो ।’

पढाई होला र भविष्य बनाउँला भनेर पढाईमा दत्तचित्त भइयो तर आज विभिन्न बहानामा पढाई नियमित भएपनि छैन र खर्च पनि भइरहेकै छ । कोही परीक्षाको नतिजा सार्वजनिक कहिले हुन्छ भने पर्खाइमा छन् भने, कोही हाम्रो परिक्षा कहिले हुन्छ भनेर पर्खाइमा छन् । यसरी छ विद्यार्थीका लागि पढाई आकाशको फल आँखातरी मर भनेजस्तै भएको छ । यस विषयमा सम्बन्धित निकायले चासो राख्ने की ।