काठमाडौं । चीन सरकारले सन्तान जन्माउने कानुनमा परिवर्तन गरेको छ ।
चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको हो । पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो ।
समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले उक्त नीति लागू गर्ने निर्णय गरेको हो ।