काठमाडौं । कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटना ग्रस्त हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु भएको छ ।
दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिए । विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।
दुर्घटनाको कारणका बारे अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।