काठमाडौं । चीन सरकारले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको खोप अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने भएको छ ।
अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिएर वाइडबडी जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने छ ।
उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुखले जनाएका छन् । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ ।
कोरोनाविरुद्धको पहिलो खोप लगाउनका लागि देशको जुनसुकै ठाउँबाट पनि फारम भर्न सकिने छ भने खोप लगाउन जोसुकै इच्छुक नेपाली नागरीककले आवेदन दिन सक्नेछन् ।