काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यनिर्वाचनमा आफ्ना उमेदवार पराजीत भएसँगै प्रधानमन्त्री केपी ओलीले माधव नेपाल समूहप्रति लक्षित गर्दै कडा प्रतिकृया जनाएका छन् । उनले माधव पक्षलाई पार्टीभित्र अन्तर्घात गरी एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् ।
युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताए ।
“उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय र अदालतमा प्रस्तुत भए” उनले भने, “विधि, पद्धति, प्रक्रिया भन्ने यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत भए । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने ?”
विपक्षी गठबन्धनसँग जम्मा १ सय १० मत भएको र बहुमत नपुग्ने जिकिर गरे । “यस्ता अन्तघातीको बैशाखी टेकेर हिँडने ? त्यो कतिञ्जेल टिक्छ ? कारबाही भइहाल्छ, जनता समाजवादी पार्टीमा पनि त्यस्तै
छ,” उनले थपे ।