• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रिय सभामा काँग्रेसका दृगनारायण पाण्डे विजयी

जेष्ठ १७ २०७८, सोमबार

काठमाडौँ /

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको उपचुनावमा नेपाली काँग्रेसका उम्मेद्वार  दृगनारायण पाण्डे विजयी भएका छन। विपक्षी गठबन्धन नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन पाएको पाण्डेले नेकपा एमालेका उम्मेद्वार चन्द्र बहादुर खड्कालाई पराजित गर्दै जीत हासिल गरेका हुन्।

पाण्डेले प्रदेश सभा तर्फा ४२ र स्थानिय तहतर्फबाट ११८ माता पाएका छन् भने खड्काले प्रदेश सभा तर्फ ९४ मत पाएका छन्। प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपालीकाँग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो ।

राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।