• चैत्र २७ २०८१, बिहीबार

आन्तरिक मुल्याङकनबाट एसईई परिक्षा गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

जेष्ठ १७ २०७८, सोमबार

काठमाडौँ /

माध्यमिक शिक्षा परिक्षा (एसईई) आन्तरिक मुल्याङकन विधि अनुसार गराउने प्रस्ताव शिक्षा मन्त्रालयले मन्त्रिपरिषद लैजाने निर्णय गरेको छ। मन्त्रालयको सोमबार बसेको बैठकले एसईई परिक्षाको आन्तरिक मुल्याङकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजक ईस्वरराज ढकालले जानकारी दिए। ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ,’ उनले भने ।


Advertisement

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मुल्याङकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मुल्याङकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मुल्याङकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मुल्याङकन भएको थियो । मुल्याङकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

जस अनुसार मुल्याङकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो ।समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।