काठमाडौँ /
सुदुरपस्चिम प्रदेशमा पार्टीको निर्देशन विपरित माओवादी केन्द्रको नेतृत्वमा भएको सरकारमा गएको भन्दै नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश समितिले ६ जना मन्त्री र प्रदेश सभा संसदीय दलका सचेतकलाई पार्टीबाट कारवाहीको सिफारिस गरेको छ। प्रदेश सरकारका ३ जना मन्त्री र ३ जना राज्यमन्त्री साथै संसदीय दलका सचेतक दुर्गा कुमारी कामीलाई कारवाही गर्न एमालेको प्रदेश समितिले केन्द्रिय समितिलाई सिफारिस गरेको हो। प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री दीर्घ बहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाईपार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्न सिफारिस गरिको प्रदेश समितिका सचिव राजेन्द्र रावलले बताए।
एमालेको प्रदेश समितिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पुर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्न सिफारिस गरेको छ। शुक्रबार मन्त्रि नियुक्त भएका मन्त्रीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका थिएनन भने सुवेदी, शाह र भट्टले स्पष्टिकरण दिएपनि चित्तबुझ्दो नभएको भन्दै कारवाहीको लागि सिफारिस गरिएको एमाले सुदुरपस्चिमले बतायो।
सुदुरपस्चिम प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेका छन्।
२५ जनामध्य माधव नेपाल समूहका १८ जना र केपी शर्मा ओली समूहका ६ जना रहेका छन्।