काठमाडौँ /
सरकारका संबिधान विपरित र अलोकतान्त्रिक काम कारवाहीमा सहभागि नहुन राज्यका सबै अंग र निकाएहरुलाई विपक्षी गठबन्धनले आग्रह गरेको छ। आइतबार विपक्षी गठबन्धनमा संलग्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीको उपेन्द्र यादब र बाबुराम भट्टराई समूह, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समुह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक बसेर यस्तो आग्रह गरेको हो।
नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठक पछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको भनिएको छ, ‘सरकारका संबिधान विपरितका र अलोकतान्त्रिक काम कारवाहीमा सहभागि नहुन राज्यका साबि अंग र निकाएलाई आग्रह गर्दछौं।’ देश कोरोना महामारीबाट आक्रान्त भएको कठिन स्थितिको दुरुपयोग गरि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उलंघन गर्ने काम एकपछि अर्को गरि भइरहेको बताउदै विपक्षी गठबन्धनले सरकारले भ्रष्टाचार र कमिशनखोरीलाई संरक्षण गरी स्वेच्छाचारी रुपमा दुरुपयोग गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा काँग्रेस सभापति देउवा,माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादब र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
हेरौं जारी गरिएको विज्ञप्ति ⇓
