काठमाडौँ /
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’को रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाई हुदैछ।
नेकपा र नेपाल सरकारबीचमा भएको सम्झौता अनुसार नेता सुदर्शन पहिले नै जेलबाट छुटिसकेको हुनुपर्थ्यो तर सुदर्शन लगायत नेकपाका कयौं नेता तथा कार्यकर्ताहरु अझैं जेलमै रहेका छन्।
नेकपासँग सरकारले गरेको सम्झौता अनुसार नेता सुदर्शनलाई लामो समयसम्म सरकारले रिहा नगरेपछि कमरेड सुदर्शनका तर्फबाट अम्बिका चन्दले दायर गरेको रिटमा आइतबार सुनुवाई हुन लागेको हो।
नेता सुदर्शनको रिहाइको माग गर्दै अम्बिका चन्दले सर्वोच्चमा रिट दायर गरेकी छिन। ललितपुर स्थित एनसेलको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा नेता सुदर्शनलाई सरकारले उनको पार्टीलाई प्रतिबन्ध लगाएको बेला भूमिगत अवस्थामा गिरफ्तार गरेको थियो।
उनको रिहाइको लागि परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाई हुने बताइएको छ।