काठमाडौं । सरकारले आज प्रस्तुत गरेको बजेटका बारेमा विभिन्न क्रिया-प्रतिक्रिया आइरहेका बेला विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले बजेटमाथि प्रारम्भिक टिप्पणी गरेका छन् ।
मिश्रले आज अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटका बारेमा टिप्पाणी गरेका हुन् । उनले आज प्रस्तुत गरिएको बजेट लोकप्रियतावादी, वितरणमुखी, ‘फोकस हीन’ र अत्यधिक ऋण भारयुक्त रहेको बताएका छन् ।
‘भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ । त्यसतर्फ कुनै चासो देखिएन ।’ मिश्रले भनेका छन्,‘बजेटका बारेमा मिश्रको प्रतिक्रिया रहेको छ ।
भ्रष्टाचार न्यूनिकरण र राज्यको क्षमता अभिवृद्धीबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँछ ।’
नेपाल सरकारको तर्फबाट अध्यादेश मार्फत् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट प्रस्तुत गरेका छन् ।